यूरोको भाउ बढ्यो

काठमाण्डु टुडे २०७६ फागुन २२ गते ११:१२ मा प्रकाशित

काठमाण्डु , २२ फागुन -यूरोपियन यूरो र मलेसियन रिँगिटको भाउ बढेको छ ।

आज नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय १६ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर १ सय १७ रुपैयाँ ४६ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १ सय ३० रुपैयाँ ३२ पैसा तथा बिक्रिदर १ सय ३० रुपैयाँ ९९ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४९ रुपैयाँ ४२ पैसा र बिक्रिदर १ सय ५० पैयाँ १८ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ २६ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ८२ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ९८ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ १० पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३ सय ८१ रुपैयाँ ९० पैसा तथा बिक्रिदर ३ सय ८३ रुपैयाँ ८६ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३ सय ९ रुपैयाँ ९३ पैसा तथा बिक्रिदर ३ सय ११ रुपैयाँ ५२ पैसा रहेको छ।
यस्तो छ सबै देशको विनिमयदर तालिका:

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us