‘नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो’

काठमाण्डु टुडे २०७६ फागुन २१ गते १७:३३ मा प्रकाशित

काठमाण्डु,२१फागुन–आइएमई ग्रुपद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपले ‘नेपालमा पैसा हातैमा पायो, सँगै रु. ५० को बोनस खायो’ योजना ल्याएको छ ।

सो योजना अनुसार अब मानिसले सजिलै जापानको क्योदाईबाट नेपालको ‘आइएमई पे’ मोबाइल वालेटमा पैसा पठाउन सकिने भएको छ । यो योजना फ्रेबुअरी २२ देखि अगस्ट २२, २०२० (छ महिना) सम्म लागु गरिएको छ ।

यो योजना अवधिभर क्योदाईबाट नेपालमा ‘आइएमई पे’ गर्नुहुने सेवाग्राहीहरुले ३ पटकसम्म निशूल्क सेवाशूल्कमा पैसा पठाउन सक्नेछन । चाहिएको बेलामा एजेन्टबाट पैसा निकाल्न सकिने र मोबाइल खाताबाट ब्याज पनि पाइने यस योजनाका फाइदाहरु रहेका जनाइएको छ ।

यसका लागि प्राप्तकर्ताले आफ्नो मोबाइलमा ‘ आइएमई पे’ डाउनलोड गर्नु पर्ने विज्ञप्तीमा जनाइएको छ । जापानस्थित जुनसुकै क्योदाईकाउन्टरमा नेपालमा पठाउनुपर्ने रकम सहित ‘आइएमई पे’ मोबाइल वालेट खाता भएको वालेट नम्बर (फोन नम्बर) प्रदान गरि नेपालको ‘आइएमई पे’ मोबाइल वालेट नम्बरमा निःशुल्क पैसा पठाउन सकिने व्यवस्था कम्पनी व्यवस्थापनले मिलाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us