एकै दिन तोलामा २२ सय बढेर सुनको भाउले इतिहास रच्यो

काठमाण्डु टुडे २०७६ फागुन २१ गते ११:१८ मा प्रकाशित

काठमाण्डु , २१ फागुन – यति बेला नेपाली बजारमा सुनको भाउले नयाँ रेकर्ड राखेको छ ।

आज एकै दिन तोलामा २२ सय रुपैंयाले बढेर इतिहास रचेको छ । आज प्रतितोला ८० हजार ५ रुपैंयामा कारोवार भइरहेको नेपनल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यसैगरी ,तेजावी सुन ८० हजार २ सय रुपैंयामा कारोवार भइरहेको महासंघले बताएको छ ।

यता, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर तोलाको ८ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

गएको फागुन १२ गते सुन तोलाको ८० हजार ३ सय सम्म पुगेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us