नेप्सेमा सामान्य गिरावट

काठमाण्डु टुडे २०७६ फागुन १८ गते १५:१४ मा प्रकाशित

काठमाण्डु , १८ फागुन – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक साताको पहिलो दिन ४०.८२ अंकले घटेको छ ।

गत हप्ता देखि बुलिस ट्रेनमा उकालो लागेको नेप्सेले यो साताको सुरुमा नेप्से परिसूचक घटे पनि कारोबारमा भने नयाँ रेकर्ड राखेको छ ।
साताको पहिलो दिन आज आईतबार नेप्से परिसूचक ४०.८२ अंकले घटेर १ हजार ५ सय ९१ दशमलव ३६ विन्दुमा सिमित भएको छ भने कारोबार ४ अर्ब ८४ करोड ७४ लाख ३७ हजार ५०५ को भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us