एकै दिनमा यतिसम्म घट्यो सुनको भाउ

काठमाण्डु टुडे २०७६ फागुन १८ गते ११:४७ मा प्रकाशित

काठमाण्डु , १८ फागुन  – साताको पहिलो दिनमै आइतबार सुनको मुल्यमा भारी गिरावट आएको छ ।

शुक्रबार प्रतितोला ७९ हजार २०० मा कारोबार भएको छापावाल सुन आज आइतबार तोलामा १२ सयले घटेर प्रतीतोला ७८ हजार रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै , आज तेजावी सुनको मूल्य आज ७७ हजार ७०० सय कायम गरिएको छ ।
आज चाँदीको मुल्य तोलामा रु २० ले घटेर प्रतितोला ८६० रुपैंयामा कारोबार भइरहेको महासंघका बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us