साताको अन्तिम दिन घट्यो सुनचाँदीको भाउ

काठमाण्डु टुडे २०७६ फागुन १६ गते ११:२३ मा प्रकाशित

काठमाण्डु , १६ फागुन – साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ ।

हिजो प्रतितोला ७९ हजार ७ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज तोलामा ५ सयले घटेर प्रतितोला ७९ हजार २ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सु्नचाँदी व्यवसायी महासंघले बताएको छ ।

त्यस्तै ,तजावी सुन आज प्रतितोला ७८ हजार ९ सय रुपैंयामा कारोवार भइरहेको छ । यसैगरी , आज चाँदी पनि तोलामा २० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us