नेप्सेले १६०० विन्दु नाघ्यो

काठमाण्डु टुडे २०७६ फागुन १५ गते १५:४२ मा प्रकाशित

काठमाण्डु , १५ फागुन- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पाँचौँ दिन पनि आज बिहिबार ३६ दशमलव ०५ अंकले बढेर १ हजार ६ सय ३२ दशमलव १७ विन्दुमा पुगेको छ भने ४ अर्ब ४६ करोड ५३ लाख बराबरको कारोवार भएर नयाँ रेडर्क कायम भएको छ ।
आज सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उसको २८ करोड ९२ लाख रुपियाँको कारोबार भयो भने दोस्रोमा एमआईसी एसिया बैंकको २० करोड ५९ लाख रुपियाँको कारोबार भयो । एभरेष्ट बैंकका लगानीकर्ताले आज सबैभन्दा धेरै नाफा कमाएका छन् । यसको सेयरमा आज सर्भिट ब्रेक लागेको छ ।
त्यस्तै, नेपाल एसबीआई बैंक, हिमालयन बैंक र नविलका लगानीकर्ताले पनि आज राम्रो आम्दानी गर्न सफल भएका छन् । घाटा धेरै खानेमा न्यादी ग्रुप पावर कम्पनीका लगानीकर्ता अगाडि छन् । त्यस्तै, साल्ट ट्रेडिङ कम्पनीको सेयर १५५ रुपियाँले घटेको छ । समूहतर्फ हेर्दा आज बाणिज्य बैंक समूहमा निकै उत्साहजनक सुधार देखियो । शेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको यो समूहको सुचक छ दशमलव १४ अंकले बढ्दा नेप्स उचालिन पुगेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us