काठमाण्डु , १४ फागुन – लगातार बढेको सुनको भाउ आज फेरि घटेको छ ।
हिजो तोलामा ३ सयले घटेको सुनको भाउ आज फेरि तोलामा ५ सयले घटेर प्रतितोला ७९ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेर तोलाको ९ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।
गत सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर प्रतितोला ८० हजार ३ सय रुपैंयामा कारोवार भएको थियो, जुन अहिले सम्मकै महँगो रेट थियो ।