काठमाण्डु , १२ फागुन आइतबार अत्याधिक कारोबार भई यो नेप्सेको इतिहासमा सबैभन्दा बढि कारोवार भएको रेकर्ड तोडेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि तीन अर्ब एकचालीस करोड माथी कारोबार भएर बन्द भएको छ ।
साताको दोस्रो दिन आज सोमबार नेप्से परिसूचक उतारचढाबका बिच अन्ततः १ दशमलव ९६ अंकले घटेर बन्द भएको छ । आइतबार भएको हालसम्मकै सर्बाधिक कारोबारलाई पछ्याउँदै आज पनि समग्रमा कारोबार रकममा भने उही लय पक्रेको छ ।
साताको दोस्रो दिन आज नेप्से परिसूचक १ दशमलव ९६ अंकले घट्दा १ हजार ५ सय २ दशमलव १८ विन्दुमा थामिएको छ भने कारोबार ३ अर्ब ४१ करोड ५ लाख १६ हजार २७८ बराबरको कारोवार भएको छ ।