काठमाण्डु , १२ फागुन – नेपाली बजारमा केही दिन देखी बढेको सुनको भाउले फेरि अर्को रेकर्ड तोडेको छ ।
हिजाे आइतबार तोलाको ७८ हजार ८ सयमा कारोवार भएको छापावाल सुन आज तोलामा १५ सयले बढेर प्रतीतोला ८० हजार ३ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
यस्तै, तेजाबी सुन प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी , चाँदी प्रतितोला ९२५ मा कारोबार भइरहेको छ ।