सुनको मूल्य बढेको बढ्यै

काठमाण्डु टुडे २०७६ फागुन ११ गते १२:४८ मा प्रकाशित

काठमाण्डु,११फागुन–नेपाली बजारमा पछिल्लो समय सुनको मूल्य बढेको बढ्यै छ । सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड राखिरहेको छ ।

साताको पहिलो दिन आज आइतबार छापावाल सुनको मूल्य प्रतितोला ७८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुत्रबार प्रतितोल ७८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ७ सय रुपैयाँले बढेको हो।

यसअघि बिहीबार पनि ७७ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले शुक्रबार ५ सय रुपैयाँले बढेर फेरि अर्को रेकर्ड बनाएका थियो।

यसैगरी, तेजावी सुन प्रतितोला ७८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
शुक्रवार तेजावी सुन प्रतितोला ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us