काठमाण्डु , ८ फागुन – यति बेला नेपाली बजारमा सुनको भाउले बजार तातेको छ । हिजो इतिहासमै उच्च रहेको सुनको भाउले आज फेरि रेकर्ड तोडेको छ ।
बुधबार ७७ हजार १ सय रुपैंयामा कारोवार भएको छापावाल सुनको भाउ आज ७७ हजार ६ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसाही महासंघले बताएको छ ।
यस्तै ,तेजावी सुनको मुल्य ७७ हजार ३ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मुल्य १० रुपैयाले बढेर प्रतितोला ९ सय १५ रुपैयामा कारोबार भइरहेको महासंघले बताएको छ ।