पाँच अङ्कले बढ्यो नेप्से

काठमाण्डु टुडे २०७६ फागुन ७ गते १९:०० मा प्रकाशित

काठमाण्डु,७फागुन– धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक समान्य अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्सेमा ५.२४ बिन्दुले सुधार आई एक हजार ४०५.२५ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.९९ ले बढेर २९५.९४ मा पुगेको छ ।

कूल १७७ कम्पनीको ३४ लाख ५५ हजार ६८२ कित्ता शेयर रु एक अर्ब ६२ करोड ८८ लाख ४१ हजार ३८९ मूल्यमा खरिद बिक्री भए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us