एनआईसी एसिया बैंकले माग्यो १५० कर्मचारी

काठमाण्डु टुडे २०७६ फागुन ७ गते १३:१७ मा प्रकाशित

काठमाण्डु , ७ फागुन- एनआईसी एशिया बैंकले सातै प्रदेशमा रहेका आफ्ना शाखाका लागी १५० ट्रेनी असिस्टेन्ट माग गरेको छ । यो इन्ट्री लेभलको पद हो।

यो पदका लागि बिजनेस, फाइनान्स, म्यानेजमेन्ट वा अकाउन्टेन्सीमा कम्तीमा एसएलसीदेखि स्नातक तहसम्म ५० प्रतिशत वा सीजीपीए २.५ ल्याएको हुनुपर्नेछ।
यस पदका लागि १८ वर्ष पूरा भई ३० वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन सक्नेछन्। दरखास्त दिने अन्तिम म्याद आउँदा मार्च ४ तारिखसम्म तोकिएको छ।
इच्छुक उम्मेदवारले www.merojob.com/nicasiabank मा गएर अनलाइन दरखास्त दिनुपर्नेछ।
छनोट भएका उम्मेदवारले बैंकले खटाएको देशका कुनै पनि शाखा कार्यालयमा काम गर्नुपर्नेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us