काठमाण्डु,७ फागुन – नेपाली बजारमा सुनको भाउले अहिले सम्मकै इतिहास रचेको छ ।
हिजो तोलाको ७६ हजार ७ सय रुपैंयामा कारोवार भएको छापावाल सुन आज तोलामा ४ सयले बढेर प्रतितोला ७७ हजार १ सय रपैंयामा कारोवार भइरहेको नेपाल सुजचाँदी व्यवसायी महासंघले बताएको छ ।
त्यस्तै ,तेजावी सु तालाको ७६ हजार ८ सय रुपैंयामा कारोवार भइरहेको छ । भने चाँदी तोलाको ९ सय ५ रुपैंयामा किनबेच भइरहेको महासंघले बताएको छ ।
महासङ्घका अनुसार सुनको भाउ अझै बढ्न सक्ने सम्भावना छ । चीनमा फैलिरहेको कोरोना भाइरसको असर सुन बजारमा परेको छ ।