एनआईसी एशिया बैंकद्वारा धनुषाधाममा नयाँ शाखा

काठमाण्डु टुडे २०७६ फागुन ६ गते १७:१० मा प्रकाशित

काठमाण्डु,६फागुन–एनआईसी एशिया बैंक लिमिटेडले धनुषामा नयाँ शाखा विस्तार गरेको छ ।
धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नं.३ स्थित धनुषाधाममा नयाँ शाखा विस्तार गरेको हो ।साथै बैङकिङ् कारोबार पनि शुरु गरेको छ ।

बैकंले आज (फागुन ६) गते मङगलबार बैकं शाखाको औपचारिक रुपमा समुदघाटन गरेको हो ।शाखाको समुद्घाटन सोही नगरपालिकाका मेयर श्री बालेश्वर मण्डलले समुद्घाटन गरेका हुन ।
उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज र सरल हुने विश्वास बैंकले लिएको छ ।

बैंकको मुलुकभर ३१९ शाखा कार्यालयहरू, ४४४ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

त्यस्तै, करिब २१ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रूपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us