काठमाण्डु , ६ फागुन – नेपाली बजारमा सुनको भाउले फेरि अर्को इतिहास रचेको छ ।
हिजो प्रतितोला ७६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ सयले बढेर प्रतितोला ७६ हजार ७ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले बताएको छ ।
त्यसैगरी, तेजावी सुन तोलाको ७६ हजार ४ सय रुपैंयामा कारोवार भइरहेको छ । त्यस्तै, आज चाँदी प्रतितोला आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।