नेप्से ३४.२६ अंकले बढ्यो

काठमाण्डु टुडे २०७६ फागुन ५ गते १७:१० मा प्रकाशित

काठमाण्डु,५फागुन–साताको दोश्रो दिन आज सोमवार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उछाल आएको छ । नेप्से परिसूचक र कारोवार रकममा उछाल आएपछि आज नेप्से ३४ दशमलव २६ अकंको उछाल आएको हो ।

नेप्से आज ३४ दशमलव २६ अंकले बढेर १ हजार ३ सय ९८ दशमलव २४ विन्दुमा पुगेको छ भने २ अर्ब ६८ करोड ७५ लाख ३३ हजार ४४२ बराबरको कारोवार भएको छ ।

आज विशेषगरी बाणिज्य बैंक, व्यापार र जलविद्युत समूहले नेप्सेलाई उचालेको हो । आइतबार १९ अंकले बढेको नेप्से आज झण्डै दोब्बरले बढेको छ । सेयर बजारमा सुधार आउन थालेसँगै बजारमा किनबेच पनि ह्वात्तै बढेर गएको छ ।

कुल १७५ वटा कम्पनीको सेयर किनबेच भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us