राष्ट्रिय बाणिज्य बैंकको नाफा घट्यो

काठमाण्डु टुडे २०७६ माघ २९ गते १३:०२ मा प्रकाशित

काठमाण्डु , २९ माघ — राष्ट्रिय बाणिज्य बैंकको चालु आर्थिक वर्षको पुससम्ममा आउदा खुद नाफा ८.३१ प्रतिशत घटेर २ अर्व २० करोडमा सीमित भएको छ । गत आवको पुससम्ममा २ अर्व ४० करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको संचालन खर्चका साथै खराव कर्जा समेत बृद्धि भएपछि नाफामा असर गरेको हो। चालु आवको पुससम्म बैंकले सर्वसाधारणबाट १ खर्व ९४ अर्व ९० करोड निक्षेप संकलन गरी १ खर्व ४७ अर्व ८९ करोड कर्जा लगानी गरेको छ।

गत आवको यसै अवधिमा बैंकको निक्षेप १ खर्व ८९ अर्व २५ करोड र लगानी १ खर्व ४२ अर्व रहेको थियो।
बैंकको खराब ऋण ३.४ प्रतिशतबाट ४.७७ प्रतिशत पुगेको छ। आधार व्याजदर ६.६ प्रतिशत राखेको बैंकको स्प्रेडदर भने ४.७८ प्रतिशतबाट बढेर ५.५३ प्रतिशत पुगेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us