काठमाण्डु , २९ माघ— नेपाली बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी रहेको छ ।
हिजो प्रतितोला ७५ हजार ९ सयमा कारोबार भएको सुन आज ७५ हजार ७ सयमा रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो।
त्यस्तै , तेजावी सुन आज तोलाको ५७ हजार ४ सय रपैंयामा कारोवार भइरहेको छ , भने चाँदी तोलाको ८ सय ७५ रुपैंयामा कारोवार भइरहेको छ ।