काठमाण्डु , २६ माघ—साताको पहिलो दिन आइतबार सुनको भाउ बढेको छ ।
गत शुक्रबार प्रतितोला ३ सय रुपैयाँ बढेको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको हो ।
आज तोलामा ४ सयले बढेर छापावाल सुन प्रतितोला ७६ हजार रुपैयामा कारोवार भइरहेको नेपाल सुचाँदी व्यवसायी महासंघले बताएको छ । त्यस्तै , आज तेजावी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।आज सुनको भाउ बढेपनि चाँदीको भाउ भने घटेको छ ।
आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।