काठमाण्डु , २३ माघ— आज भएको खेलमा मच्छिन्द्र क्लबले सरस्वती युथ क्लबलाई ६–१ गोल अन्तरले पराजित गरको हो । सहिद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले सहज जित निकालेको हो ।
एन्फा कम्पेलेक्समा भएको खेलमा मच्छिन्द्रलाई जित दिलाउन दीपक राईले दुई गोल गरे । त्यस्तै देवेन्द्र तामाङ, विशाल राई, सोमिडो वलेवामी र आन्ड्रसले एक एक गोल गरे ।
उता सरस्वतीका लागि कजिम बुसिरीले एक गोल फर्काए । जितसँगै मच्छिन्द्र शीर्ष स्थानमा उक्लेको छ । ११ खेल खेलेको मच्छिन्द्र २५ अंकसहित शीर्ष स्थानमा उक्लेको छ । उता ४ अंकसहित रेलिगेसन जोनमा छ ।
बिहीबारै हुने अर्को खेलमा विभागीय टिम आर्मीले एपीएफसँग प्रतिस्पर्धा गर्दैछ । एन्फा कम्प्लेक्समा हुने खेल ३ बजेबाट सुरु हुनेछ ।