ओमानसँग नेपाल पराजित

काठमाण्डु टुडे २०७६ माघ २२ गते १६:५७ मा प्रकाशित

काठमाण्डु,२२माघ–घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग २ मा नेपाली टोलीले कमजोर शुरुवात गरेको छ ।
ओमान विरुद्ध ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो । नेपाल ओमानसँग १८ रनले पराजित भएको हो ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र शरद भेषावकरको जाडीले उत्कृष्ट साझेदारी पारी खेलेका थिए । उनीहरुले कमजोर अवस्थामा पुगेको नेपालका लागि ६२ रनको साझेदारी गरेका थिए ।
यस्तै, नेपालका लागि शरदले सर्वाधिक ५५ रन बनाएका थिए । उनले १०७ बलमा ५ चौकाको मद्दतमा अर्धशतक पुरा गरेका थिए । यस्तै, ऐरीले ३६ रन, सन्दीप लामिछानेले २८ तथा विनोद भण्डारीले २६ रन बनाएका थिए ।

नेपालका लागि ओपनिङ ब्याटर नचल्दा टोलीलाई शुरुवाती दबाब परेको थियो । ओपनिङमा नेपालका अनुभवी खेलाडी पारस खड्का ३ रन र कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट भएका थिए ।
यस्तै, अलराउण्डर करण केसी र मध्यक्रमका ब्याट्सम्यान रोहित कुमार पौडेल शुन्यमा आउट हुँदा नेपाल कमजोर बनेको थियो ।
नेपालविरुद्ध ओमानका जिसन मक्सुदले ३ विकेट लिए भने कलिमुल्लाहले २ तथा मोहम्मद नामेद, अक्विब अयास, खबार अलि र विलाल खानले समान १–१ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो ।

ओमानका लागि मोहमद नामेदले सर्बाधिक नटआउट रहँदै ६९ रन बनाएका थिए भने ओमानका लागि सन्दिप गौड ३३, नाशिम खुशी २८, कप्तान जीसन म्याक्सुडले २० रन तथा आकिब इलियासले १६ रन बनाएका थिए ।

ओमानविरुद्ध नेपालका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सुशन भारीले ३ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।
अब नेपालले शृङ्खलाको दोस्रो खेल शनिबार अमेरिकासँग खेल्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us