काठमाण्डु, २२ माघ – आज सुन तोलामा ८ सयले घटेको छ ।
हिजो तोलामा ५ सयले घटेको सुन आज प्रतितोला ७५ हजार २ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताउको छ । अन्तर्राष्ट्रिय बजारमा शेयर कारोबारमा सुधार आएपछि सुनको भाउ घट्न थालेको महासङ्घअन्तर्गतको भाउ निर्धारण समितिले बताएको छ ।
त्यस्तै , आज तेजावी सुन तोलाको ७४ हजार ९ सय रुपैंयामा कारोवार भइरहेको छ ।
यसैगरी, चाँदी आज तोलामा पाँच रुपैयाँ घटेर तोलाको आठ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।