एजेन्सी–स्पेनिस ला लिगाको शिर्षस्थानमा रहेको बार्सिलोनालाई भ्यालेन्सियाले हराएको छ । भ्यालेन्सियाले लिगको शिर्ष स्थानमा रहेको बार्सिलोनालाई २–० ले हरायो ।
सन् २००७ पछि भ्यालेन्सियाले बार्सिलोनालाई हराउन सकेको यो पहिलो अवसर हो ।
बार्सिलोनमाथि जित निकाल्न म्याक्सी गोमेजले नै दुबै गोल गरे । उनले खेलको ४८ औं र ७७ औं मिनेटमा गरेको प्रहार गोलमा परिणत भयो ।
जिर्राड पिकले पेनाल्टी क्षेत्रभित्र जोसे गायालाई लडाएपछि भ्यालेन्सियाले खेलको नवौं मिनेटमै गोल गर्ने अवसर पाएको थियो ।
तर म्याक्सी गोमेजको प्रहारलाई टेर स्टेगनले उत्कृष्ट बचाब गरेपछि उनको प्रयास विफल भयो । २७ औं मिनेटमा लिओनल मेस्सीले प्रहार गरेको फ्रिकिकले गोलपोष्टको दिशा लिन सकेन ।