काठमाण्डु,१०माघ– मनाङ मस्र्याङ्दी क्लब सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो अपराजित यात्रालाई जारी राखेको छ । अपराजित रहने क्रममा मनाङ्ले शुक्रबार सरस्वती युथ क्लबमाथि जित हात पार्यो ।
दशरथ रङ्गशालामा शुक्रबार सम्पन्न पहिलो खेलमा उसले सरस्वती युथ क्लबमाथि १–० को जित निकाल्यो । मनाङ्का लागि विमल रानाले गरेको एकमात्र गोल नै निर्णायक एवम् जितका लागि पर्याप्त् रहयो ।
निशान लिम्बुको क्रसमा अञ्जन विष्टले गरेका प्रहार बारमा लागेर उछिट्टिएपछि रानाले गोलको दिशा दिए । उनले खेलको ४६ औं मिनेटमा गोल गरे ।
सरस्वती क्लबलाई हराएसँगै मनाङ्ले आठ खेलमध्ये पाँचमा जित र तीनमा बराबरी गर्दै १८ अङ्क पुर्याएको छ । त्रिभुवन आर्मी भने सात खेलबाट सामान १६ अङ्क बटुलेर दोस्रो स्थानमा छ ।
मच्छिन्द्रको पनि सामान १६ अङ्क रहेपनि हेड टु हेडको आधारमा मनाङ शिर्ष स्थानमा उक्लिन सफल भएको छ । आर्मीले शनिबार न्यूरोड टिम विरुद्ध खेल्नेछ ।