७४ बर्षको वृद्धसँग हुने भयो ५० बर्षीया अभिनेत्री मिथिला शर्माको बिहे

काठमाण्डु टुडे २०७१ वैशाख २१ गते ११:१० मा प्रकाशित

mithila_sharmaअभिनेत्री मिथिला शर्मा र पूर्व आइजिपी मोतिलाल बोहोराबीच बिहे हुने भएको छ। ५० वर्षीया अभिनेत्री एवं नृत्यांगना शर्माले ७४ वर्षीय बोहोरासँग बिहे गर्न लागेकी हुन्।

मिथिलाले यसै वर्षभित्र नै बिहे गर्ने बताएकी छिन् भने बोहोराले यसलाई बिहे भन्नुभन्दा पनि जीवनको उत्तरार्द्धमा साथीको खोजी गरेको बताएका छन्।

मिथिला र बोहोरा लामो समयदेखि चिनजानमा छन्। बोहोराकी पत्नीको एक वर्षअघि निधन भएको थियो। मिथिलाको यसअघि बिहे भएको छैन। मिथिला र बोहोराको सम्बन्धले बोहोरा परिवार भने तनावमा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

उनले पूर्वप्रहरी महानिरिक्षक मोतीलाल बोहरासँग बिहे गर्न लागेको आज प्रकाशित ‘नेपाल साप्ताहिक’ले उल्लेख गरेको छ । मिथिलाले यसै बर्ष भित्रमा नै बिहे गर्ने बताएकी छिन् । वि.सं २०२४ सालमा असई पदबाट प्रहरीमा प्रवेश गरी त्यसको एक बर्षपछि नै प्रहरी निरिक्षक भएयता मिथिला र बोहराको चिनजानी थियो ।

युवा अवस्थाबाट नै मिथिला बोहराको व्यक्तित्वबाट परिचित थिइन् । केही महिनाअघि बोहराको तर्फबाट बिहेको प्रस्ताव आएपछि मिथिला घोत्लिन बाध्य भएकी हुन् । ‘नेपाल साप्ताहिक’का लागि रमण घिमिरेसँग कुरा गर्दै मिथिलाले आफन्तका सुझाव र सल्लाहा पश्चात यस्तो निर्णय लिएको बताइन् ।

७४ बर्षका बोहरा आफ्नो पत्नी कलाको एक बर्ष अघिको निधनको शोकबाट भर्खर मात्र बाहिर आएका थिए । बोहराको परिवारसँग मिथिला पूर्व परिचित पनि थिइन् । मिथिलाले आफूले एउटा गृहिणीको रुपमा नभई साथीको रुपमा बोहरासँग सम्बन्ध गाँस्न लागेको बताएकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us