बिहेको तयारी गर्दै बरुण

काठमाण्डु टुडे २०७६ माघ ४ गते १४:३३ मा प्रकाशित

एजेन्सी – पछिल्लो समय बलिउड अभिनेता बरुण धवन निकै चर्चामा छन् । उनी आउँदो मे महिनामा विवाह गर्ने तयारीमा छन् ।

डिजाइनर नताशा दलालसँग लामो समयदेखि प्रेममा रहेका उनले केहि समयअघि विवाह गर्ने बताएका थिए । अभिनेता बरुणले अहिले आफ्नो विवाहको तयारी गरिरहेका छन् ।

उनीहरुको विवाह गोवामा हुने बताइएको छ । उनीहरुले गोवाको सुविधासम्पन्न होटलमा विवाह गर्ने बताइएको छ ।

बरुणले बलिउडकर्मीलाई मे महिनाको तेश्रो साता समय निकाल्न खबर गरेको पनि बताइएको छ । बरुण अहिले फिल्म मिस्टर लेले सँगै विवाहको पनि तयारी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us