१९औं वैवाहिक वर्षगाँठ मनाउन निस्किए अक्षय र ट्विंकल

काठमाण्डु टुडे २०७६ माघ २ गते १७:०९ मा प्रकाशित

एजेन्सी – बलिउडका चर्चित अभिनेता अक्षय कुमार र उनकी पत्नी ट्विङ्कल खन्ना यतिबेला आफ्नो १९औं वैवाहिक वर्षगाँठ मनाउँदै छन्।

दुवैले १७ जनवरी २००१ मा विवाह गरेका थिए । अक्षय र ट्विंकललाई बलिउडमा आदर्श कपल भनेर पनि चिन्ने गरिन्छ । यद्यपि अक्षय कुमार बेलाबेला विभिन्न नायिकासँग नाम जोडेर आइरहने गर्छन् । बलिउडमा उनीहरु पर्फेक्ट जोडी मात्रै नभएर एक पर्फेक्ट प्यारेन्ट्स भनेर पनि चिनिन्छन्।

अक्षय र ट्विंकल बुधबार राति वैवाहिक वर्षगाँठ मनाउन जाँदै गर्दा मुम्बई एयरपोर्टमा देखिएका थिए। तर, उनीहरूले आफू जान लागेको ठाउँको बारेमा भने कसैलाई जानकारी दिएनन्। एयरपोर्टमा दुवै जोडी आफ्नो आफ्नो अन्दाजमा देखिएका थिए।

अक्षय सधैंजसो स्पोर्टी अन्दाजमा निलो रंगको जम्पसुटमा देखिएका थिए भने ट्विंकल साधारण निलो जिन्स र रातो सर्टमा देखिएकी थिइन्। एयरपोर्टमा दुवै जोडीको लुक्स हेर्न लायकको थियो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us