अष्ट्रेलियन ओपनका छनोट खेल भारी वर्षाले अवरुद्ध

काठमाण्डु टुडे २०७६ माघ १ गते १७:३३ मा प्रकाशित

एजेन्सी–अष्ट्रेलियन ओपनमा छनोट भइसकेका खेलाडीको अभ्यास खेलहरु मङ्गलबारदेखि स्थगित गरिएको छ । बुधबार भने वर्षाले गर्दा खेल रद्द गरिएको छ ।

हावामा धुवाँको मात्रा बढी हुँदा अश्वस्थ्यकर भन्दै ओपन ब्यवस्थापनले खेल तीन घण्टा अबरुद्ध गरेको थियो । खेल अपरान्ह एक बजे सुरु गरियो तर भारी वर्षाले बुधबार रद्द हुन पुग्यो ।
अष्ट्रेलियन ओपनको छनोट खेलको क्रममा स्लोभेनियाका डालिया जकुपोभिक ‘रिटायर’ भए । डढेलोबाट उत्पन्न धुवाँले श्वास लिन समस्या भएपछि खेलकै क्रममा उनी ‘रिटायर’ हुन बाध्य भए ।

स्वीटजरल्याण्डकी स्टिफनी भोएजेलेसँग ६–४ ५–६ को अग्रता लिएकी जकुपोभिकले खेलको सुरुदेखि नै समस्या भएपनि २० मिनेटपछि खेल्नै नसक्ने अवस्था आएको बताए ।

खेल सुरु हुँदा पहिलो सेटमै जकुपोभिकलाई श्वास लिन कठीनाइ हुँदा फिजियोले श्वास लिने उपकरण दिएको थियो । तर दोस्रो सेटको अन्त्यतिर अवस्था अझै बिग्रियो ।

टेनिस विधाका प्रतिष्ठित प्रतियोगिता अष्ट्रेलियन ओपन जनवरी २० देखि फेब्रुअरी २ सम्म खेलाइने निर्धारण गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us