एमाओवादी केन्द्रीय सदस्यका लागि निर्वाचन हुने

काठमाण्डु टुडे २०७१ वैशाख २० गते १२:१६ मा प्रकाशित

विराटनगर, २० वैशाख – एकीकृत नेकपा माओवादीको विराटनगरमा जारी राष्ट्रिय सम्मेलनमा नेतृत्व चयनका लागि निर्वाचन हुने सम्भावना बढेको छ ।
maoist-flagशीर्ष नेतृत्वतहमा सहमतिमा केन्द्रीय सदस्य छान्ने अनौपचारिक सहमति भैसकेको भए पनि युवा नेताहरुको दबाबमा निर्वाचन हुने सम्भावना बढेको हो ।

सम्मेलनका अधिकांश प्रतिनिधि निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने पक्षमा छन् । यसैबीच निर्वाचन समितिले केन्द्रीय सदस्य निर्वाचनको तयारी थालेको छ । चुनाव हुने अवस्था आउन सक्ने देखिएकाले तयारी थालिएको राष्ट्रिय सम्मेलन मुल व्यवस्थापन समिति संयोजक गोपाल किरातीले बताए ।

उनका अनुसार  निर्वाचन समितिले मतदाता नामावली संकलनको काम थालेको छ । सम्मेलनबाट ९९ सदस्यीय केन्द्रीय समिति बनाउने तयारी छ । तर ७४ जना प्रत्यक्ष निर्वाचन र त्यसको २५ प्रतिशत अर्थात २४ जना मनोनित हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us