
एजेन्सी– भारतमा निकै चलेकी टिभी अभिनेत्री हुन्, श्वेता तिवारी । उनको व्यक्तिगत जीवनबारे पनि निकै धेरै चर्चा भइरहेको छ । किनकि उनले केही दिनअघि मात्र आफ्ना दोस्रा पति अभिनव कोहलीसँग सम्बन्धविच्छेद गरेकी छिन् ।
पति अभिनवसँग विच्छेद भएपछि पनि श्वेता अहिले पनि प्रेममा छिन् । तर, कोसँग ? यो कुरा चाहिँ उनले हिन्दुस्तान टाइम्सलाई जानकारी दिएकी छिन् । उनले एक अन्तर्वार्तामा हिन्दुस्तान टाइम्समा भनेकी छिन्, ‘म तेस्रो पटक आफ्ना बच्चाहरुको प्रेममा परेकी छु । अब यो प्रेम कहिल्यै टुट्दैन ।
उनले छोरा र छोरी रियांश कोहली र पलक तिवारी नै आफ्नो अन्तिम प्रेम हुने पनि बताएकी छिन् ।