
काठमाण्डु, १९ वैशाख – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा छरिएर रहेका कम्युनिष्ट शक्तिहरू एकीकृत हुने समय आएको बताएका छन् ।
प्रेस चौतारी नेपालको पुरस्कार वितरण कार्यक्रममा बोल्दै नेता नेपालले भने ‘यथास्थिति, प्रतिगामी र उदारवादी पुरानो विचारले अब मुलुकलाई अघि बढाउन सक्दैन, अब सुसंस्कृत एकीकृत कम्युनिष्ट पार्टी बनाउने कामको अगुवाइ एमालेले गर्नुपर्छ ।’
विचार र सङ्गठनका आधारमा अब एउटै कम्युनिष्ट पार्टीमा सबै वामपन्थी समेटिनुपर्नेमा जोड दिँदै नेपालले त्यस्तो एकता देशभक्तिपूर्ण र प्रगतिशील रुपान्तरणमा आधारित हुनुपर्ने बताए ।
तर त्यस्तो एकता अवसरवादमा आधारित हुन चाहिँ नहुने उनको भनाइ थियो ।
संविधानसभामा सम्बन्धित समिति गठन भई विगतमा भएका सहमतिको स्वामित्व लिने काम सुरु भएकाले समयमै संविधान बन्ने नेपालको दावी छ ।