टेबलमा चढेर नाचे सलमान खान

काठमाण्डु टुडे २०७६ पुष १८ गते १६:५६ मा प्रकाशित

एजेन्सी– नयाँ वर्ष २०२० भारतमा सबैले धुमधामका साथ सेलिब्रेट गरे । झन्, भारतीय कलाकारले त धूम मच्चाए ।

त्यसरी धूम मच्चाउनेमध्ये एक हुन्, सलमान खान । सलमान खान पनवेलमा रहेको फार्महाउसमा नयाँ वर्ष मनाउन पुगेका थिए ।

यो पार्टीका विभिन्न फोटोहरु अहिले पनि सार्वजनिक भएका छन् । र, यसलाई भाइरल बनाइएका छन् । अहिले सलमानको एउटा तस्वीर निकै भाइरल भएको छ ।

त्यसमा उनी कोस्टार सई मांजरेकरसँग टेबलमा चढेर नाचेका छन् । सलमानको यो तस्वीर देखेर उनले बढा गज्जबले नयाँ वर्ष सेलिब्रेट गरेको अनुमान गर्न सकिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us