काठमाण्डु,१६पुस–नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने घाइते भएका छन।
त्यसैले अस्टे«लियामा जारी बिग बास क्रिकेट लिगमा सिड्नी थन्डरविरुद्धको खेल गुमाउने भएका छन् ।
मेलवर्न स्टार्समा आबद्ध सन्दीप घाइते भएपछि सिड्नी थन्डरविरुद्ध गुमाउने भएका हुन् । मेलवर्न स्टार्सले सन्दीपले सामान्य चोट बोकेका कारण उनलाई आराम दिँदै हरिस रौफललाई मौका दिएको छ ।
भोलि बिहीबार हुने पाँचौं खेलका लागि १३ खेलाडी सार्वजनिक गर्दै मेलबर्नले भनेको छ, “चोटका कारण सन्दीपलाई यसपटक विश्राम दिइएको छ । उनको स्थानमा हरिसले खेल्नेछन् ।”
सन्दीपले यसअघिका ४ मध्ये ३ खेलमा १–१ विकेट लिएका छन् । उनको टोलीले ३ खेलमा जित र १ मा हार ब्यहोरेको छ ।