
एजेन्सि -बलिउडका किंग खान भनेर चिनिने शाहरुख खानलाई उनका प्रशंसकले नयाँ फिल्मको घोषणा नगरे आफुले आत्महत्या गर्ने धम्की दिएका छन् ।
शाहरुख खानको सन् २०१८ मा ‘जिरो’ फिल्म रिलिज भएपछि नयाँ फिल्ममा उनले काम गरेका छैनन् । भारतीय मिडियाले शाहरुख खानको नयाँ फिल्मबारे विभिन्न अडकलबाजी त गर्छन् तर ती सबै निराधार भएको शाहरुख आफैंले पुष्टि गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्, ‘यदि तपाईंले आफ्नो अर्को फिल्मको घोषणा सन् २०२० सम्म नगरे म आत्महत्या गर्नेछु, दोहोराउँछु कि – म आत्महत्या गर्नेछु ।’ यस्तै अर्का एक प्रशंसकले लेखे, ‘म पनि प्रतिक्षा गरिरहेको छु । अब कहिलेसम्म प्रतिक्षा गर्ने सर ? यदि तपाईंले अर्को फिल्मको घोषणा गर्नुभएन भने म ट्वीटर छोड्नेछु ।’