
एजेन्सी– बलिउड अभिनेत्री काजोलले एक ट्विट गर्दै अभिनेता सैफ अलि खानलाई धोका दिएको आरोप लगाएकी छिन् । उनको यो ट्विट निकै भाइरल भइरहेको छ ।
काजोलले योसँगै एउटा तस्वीर पनि सामाजिक सन्जालमा सेयर गरेकी छिन् । त्यो हो– सैफ र अजय देवगणको फोटो ।
उनले लेखेकी छिन्, ‘तपाईंले मलाई ओमकारामा धोका दिनु भयो, अब प्रमोसनको समयमा पनि धोका दिइरहनु भएको छ ।’ त्यसपछि सैफ अलि खानलाई स्विट्जरल्यान्डमा पढ्नुहोला भन्ने पनि उनले लेखेकी छिन् ।
काजोलको यो ट्विटमाथि निकै ठूलो बहस भएको छ ।