तिब्र गतिका बलर पिटर सिडलद्वारा सन्यासको घोषणा

काठमाण्डु टुडे २०७६ पुष १३ गते १८:३५ मा प्रकाशित

एजेन्सी–अष्ट्रेलियाका तिब्र गतिका बलर पिटर सिडल अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले ११ वर्ष क्रिकेट अष्ट्रेलियाको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी भएका छन ।

३५ वर्षीय सिडलले ६७ टेष्ट खेलमा २२१ विकेट लिएका थिए । उनको अन्तिम टेष्ट खेल इंग्ल्याण्ड विरुद्धको एशेज श्रृखंला हुनेछ । न्युजिल्याण्ड विरुद्धको बक्सिङ्ग डे टेष्टका लागि उनले टोलीमा वापसि गरेका थिए ।

चौथो दिनको खेलका लागि मैदानमा उत्रिनुअघि सिडलले प्रशिक्षक जस्टिन लैंगरलाई आफ्नो निर्णयबारे जानकारी गराए ।

उनले २० अन्तर्राष्ट्रिय एकदिवसिय खेलेका थिए । यसैवर्षको सुरुमा उनले एकदिवसियमा समेत वापसी गरेका थिए ।

सन् २०११–१२ मा मदिरा र मासु त्यागेपछि पिटर सिडलले २०१४ सम्म विश्व क्रिकेटमा सबैभन्दा उत्कृष्ट बलरको रुपमा देखा परेका थिए। उक्त अवधिको ३० खेलमा उनले ११० विकेट लिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us