हिमालयन शेर्पामाथि आर्मीको जित

काठमाण्डु टुडे २०७६ पुष ११ गते १५:१९ मा प्रकाशित

काठमाण्डु,११पुस–ुत्रिभुवन आर्मी क्लबले सहिद स्मारक ए डिभिजन लिगमा हिमालयन शेर्पा क्लबलाई हराएको छ । लिगमा त्रिभुवन आर्मीको यो दोस्रो जित हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले हिमालयन शेर्पालाई २–० ले हराएको छ । आर्मीका लागि कप्तान भरत खवास र टेकबहादुर बूढाथोकीले गोल गरे ।

पहिलो खेलमा फ्रेन्ड्स क्लबलाई २–१ ले हराएको आर्मी दोस्रो खेलमा मनाङसँग १–० ले पराजित भएको थियो । जितसँगै त्रिभुवन आर्मीले तीन खेलबाट छ अङ्क जोडेको छ ।

शेर्पाले भने पहिलो खेलमा नेपाल पुलिससँग गोलरहित बराबरी खेलेको थियो । दोस्रो खेलमा एपीएफसँग १–१ को बराबरी खेलेको थियो । हिमालयन शेर्पाले तीन खेलबाट दुई अङ्क प्राप्त गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us