नायिका बिनिता बराललाई पुत्री लाभ

काठमाण्डु टुडे २०७६ पुष १० गते १०:३१ मा प्रकाशित

काठमाण्डु , १० पुस — नायिका बिनिता बराललाई पुत्री लाभ भएको छ । बराल पहिलो सन्तानकी आमा बनेकी छिन् ।

बरालले गत मे २७ तारिखका दिन आफ्नो लामो समय देखिको प्रेमलाई विवाहको रुप दिएकी थिइन् । उनले अमेरिकामै प्रेमी तिलक पौडेलसँग लगनगाँठो कसेकी हुन्  ।

बिनिताले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा छोरीको जन्मबारे जानकारी दिएकी हुन् । उनले बुधबार लेखेकी छिन्, ‘कसैकसैको हिजो आगमन भएको छ । उनको नाम हो काया । ’ यससँगै उनले तीनवटा फोटो पनि सेयर गरेकी छिन् । बिनिताले विवाह गरेको केही समयभित्रै आफू गर्भवती भएको घोषणा गरेकी थिइन् ।

बरालले विवाह भएको सात महिनामैे छोरीलाई जन्म दिएकी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us