दबंग ३ ले कमायो तीन दिनमै ८१.१५ करोड

काठमाण्डु टुडे २०७६ पुष ७ गते १९:०६ मा प्रकाशित

एजेन्सी – भारतमा नागरिकता संशोधन ‌ऐन र एनआरसीको विरोध भइरहेका बेला दबंग३ फिल्मले तीन दिनम ८१.१५ करोड रुपैयाँ संकलन गरेको छ। सलमान खान र किच्चा सुदिप स्टार दबंग ३ु ले तीन दिनमा (भारु) ८१.१५ करोड रुपैयाँ संकलन गरेको हो।

पहिलो दिनमा २४.५० करोड र दोस्रो दिनमा २४.७५ करोड कमाएपछि फिल्मले तेस्रो दिन ३१.९० करोडको कारोबार गरेको हो।

यद्धपि देशभर नागरिकता संशोधन ऐन र एनआरसीको विरोधको कारण भारतीय फिल्मले घाटा व्यहोरिरहेको छ। ट्रेड एनालिस्ट तरन आर्दशको ट्वीट अनुसार आन्दोलनका कारण एक सातामा फिल्मले १२ करोड घाटा दिएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us