पुलिसमाथि थ्रीस्टारको संघर्षपूर्ण जित

काठमाण्डु टुडे २०७६ पुष ७ गते १८:१० मा प्रकाशित

काठमाण्डु,७पुस–थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा पहिलो जित हात पारेको छ ।
थ्री स्टारले नेपाल पुलिस क्लबलाई हराएर आफ्नो पहिलो जित दर्ज गराएको हो ।
दशरथ रङ्गशाला सोमबार सम्पन्न खेलमा थ्री स्टारले खेलको अन्तिम समयमा गरेको गोल नै अन्तिम तथा निर्णायक रहन गयो ।

थ्री स्टारको जितमा ८६ औं मिनेटमा सुसन श्रेष्ठको पासमा सुशील राईले गोल गरे । जितसँगै थ्री स्टारले दुई खेलबाट चार अङ्क जोडेको छ । पुलिसको भने एक अङ्क छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सम्पन्न भएपनि थ्री स्टारले पुलिसमाथि दबाब कायम गर्न सफल भएको थियो । ४६ औं मिनेटमा थ्री स्टारका हम्जातको प्रहार गोलमा परिणत भएन ।

५३ औं मिनेटमा पुलिसका सुमन लामाको प्रहार पोष्ट नजिकैबाट बाहिरिएपछि पुलिसले अग्रता लिन पाएको अवसर खेर फाल्यो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us