
मुम्बई,६पुस– बलिउड फिल्म गुड न्युजुको प्रदर्शन मिति नजिकिएसँगै निर्माण टिमले फिल्मको प्रोमोसन शुरु गरेको छ। गुड न्युजुमा अभिनेता अक्षय कुमार र अभिनेत्री करिना कपूर मुख्य भूमिकामा छन्।
हालै गुड न्युजुको प्रोमोसनका दौरान अक्षय कुमार र करिना कपूर भारतीय चर्चित रियालिटी शो द कपिल शर्मा शो मा पुगेका थिए।
उक्त शोमा कपिल शर्माले करिनालाई तपाई एउटा फिल्ममा अभिनय गरेको कति पारिश्रमिक लिनुहुन्छ वा लिन चाहनु हुन्छ? भन्ने प्रश्न गरेका थिए।
पारिश्रमिकको बारेमा बोल्दै करिनाले आफ्नो को¬होस्ट अक्षय कुमारको जति नै पारिश्रमिक चाहिने इच्छा व्यक्त गरिन्।
उनले भनिन्, म अक्षयको जति नै पारिश्रमिक लिन चाहन्छु। बलिउड इन्डस्ट्रीमा बिस्तारै परिवर्तन आँउदै छ। महिलाहरु पनि फिल्म क्षेत्रमा राम्रो काम गरिरहेका छन्।
त्यसैले महिला र पुरुषबीच भेदभाव गर्नुहुन्न। त्यसैले कम्तिमा अक्षयको जति पारिश्रमिक त मैले पाउनु पर्छ।
त्यसो त करिना कपूर गुड न्युजुलाई लिएर निकै उत्साहित छिन्। राज मेहता निर्देशित यस फिल्ममा अक्षय र करिनासँगै कायरा अडभानी, दिलजित दोसान्ज लगायतको अभिनय रहेको छ।
कमेडी जनारा निर्माण भएको गुड न्युज २७ डिसेम्बरमा रिलिज हुनेछ।