काठमाण्डु , ६ पुस— इङलिश प्रिमियर लिग क्लब लिभरपुलले क्लब विश्वकपको उपाधि जितेको छ ।
गएराती सम्पन्न फाइनलमा लिभरपुलले ब्राजिलियन क्लब फ्लेमेनगोलाई १–० गोल अन्तरले पराजित गरेको हो । निर्धारित ९० मिनेटमा दुवै क्लबबाट गोल नभएपछि अतिरिक्त समयमा गएको खेलमा खेलको ९९औ मिनेटमा रोबेर्टो फिर्मिनोले निर्णायक गोल गरेका थिए ।
योसँगै लिभरपुलले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको छ । लिभरपुल क्लब विश्वकप जित्ने दोस्रो प्रिमियर लिग क्लब बनेको छ । यस अघि सन् २००८ मा म्यानचेस्टर युनाइटेडले जितेको थियो ।