आमाको भूमिकामा नायिका कंगना रनौत

काठमाण्डु टुडे २०७६ पुष ५ गते १२:१४ मा प्रकाशित

एजेन्सी – बलिउडमा निकै चर्चामा आइरहने चर्चित नायिका हुन् कंगना रनौत ।
धेरैजसो आफ्ना फिल्मबाट चर्चामा आइरहने कंगना पछिल्लो समय फिल्ममा फरक भूमिकाका कारण चर्चाका आएकी छिन् । हालै उनको नयाँ फिल्म पंगा’ को फस्ट लुक सार्वजनिक भएको छ ।
अश्विनी अड्ढयर तिवारीले निर्देशन गरेको फिल्म ‘पंगा’ अब रिलिज हुने तयारीमा छ । यस फिल्ममा कंगना अलवा ऋचा चड्ढा, नीना गुप्ता, जस्सी गिल र पंकज त्रिपाठीको अभिनय रहेको छ ।
हालै नायिका कंगनाकी बहिनीले पंगा’ को फस्ट लुक शेयर गर्दै लेखेकी छिन् ‘एक अभिनेत्रीका लागि सबैभन्दा ठूलो बेइज्जत त्यतिबेला हुन्छ जतिबेला आमाको भूमिकाका लागि अनुरोध गरिन्छ ।

अब नायिका कंगना फेरि एकपटक आमाको भुमिका निभाउदैछिन् । उनले फिल्म पंगामा आनमाको भुमिका सनभाउने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us