
एजेन्सी – बलिउडमा सदाबहार चर्चामा आउने अभिनेत्री हुन् करीना कपुर । धेरै जसो आफ्नो नयाँ फिल्म र हट फोटोसुटका कारण चर्चामा आउने करिना फिल्म रिफ्युज़ी बाट बलिउडमा डेब्यु गरेकी हुन् ।
हालसम्म धेरै नै हिट फिल्महरु खेलिसकेकी करीना पछिल्लो समय अक्षय कुमारको नयाँ फिल्म गुड न्युजमा देखिदैछिन् ।
फिल्ममा धेरैजसो हसाउने गरेकी करीनाले कुनै फिल्ममा रुवाएकी पनि हुन्छिन् । यसैक्रममा हालै करिनाले आफ्नो एक गोप्य कुरा खुलाएकी छिन् । उनले हालै फिल्ममा मात्र नभई एकान्तमा पनि रुने गरेको रहस्य खुलाएकी हुन् ।
उनले एक भारतिय मिडियासँग कुरा गर्दै भनिन् पति सैफ सुटिङका लागि घर बाहिर गएका बेला कहिलेकाही म उनलाई सम्झेर रुने गर्छु । उनले भनिन, ‘सैफ जब सुटिङका लागि घर निस्कन्छन्, म उसलाई मिस गर्छु र एक्लै रोएर बस्छु ।’
आफुसँग छोरा तैमुर सँगै भए पनि सैफ नहुँदा एक्लो महसुस गर्ने उनले बताइन् ।