
एजेन्सी– सन् २००७ मा दीपिका पादुकोणले फराह खानको फिल्म ओम शान्ति ओममा बलिउडमा राम्रो पहिचान बनाइसकेका बलिउडका बादशाह शाहरुख खानसँग फिल्म खेल्ने निर्णय गरिन् ।
त्यसपछि कुन फिल्ममा काम गर्ने वा नगर्ने भन्नेमा दीपिका निकै चुजी हुन थालेकी छिन् । बचना ऐ हसिनो, हाउसफुल, देसी व्याज, रेस २, पिकू, बाजीराव मस्तानी, पद्मावतजस्ता फिल्ममा काम गरेर दीपिकाले आफूलाई चुजी हुँ भन्ने पनि प्रमाणित गरेकी छिन् ।
उनले हलिउड फिल्म ट्रिपल एक्सः रिटर्न अफ जेन्डर केजमा पनि काम गरिसकेकी छिन् ।
तर, यी फिल्ममा उनी कसरी आफूलाई चुजी बनाउँछिन् त ? यसबारे दीपिका भन्छिन्, ‘अहिले पनि कुनै पनि फिल्म त्यही तरिकाले छान्छु जुन यसअघि पहिले पनि छान्थेँ ।
म त्यस्ता फिल्ममात्र गर्छु, जसले मलाई कम्फर्ट जोनमा राख्छन् ।’ उनले आफूलाई राम्रो लागेका कथामाथि खेल्न जहिले तयार पारेर राख्ने बताएकी छिन् ।
उनले आफू निर्माता भएर काम गर्ने फिल्म पनि आफू अभिनेत्री भएर काम गर्ने फिल्मभन्दा फरक नपर्ने बताएकी छिन् ।