
एजेन्सी – बलिउड अभिनेता सलमान खानका भाई अभिनेता अरबाज खान र अभिनेत्री मलाइका आरोडाबीच सम्बन्धविच्छेद भएको २ वर्ष बितेको छ ।
सम्बन्धविच्छेदपछी यी दुबै आआफ्नो काममा ब्यस्त छन् । सन् २०१७ मा छुट्टीएका यी दुइले अर्को विवाह भने गरेका छैनन् ।
तर दुबै प्रेमसम्बन्धमा भने छन् । अभिनेत्री मलाइका अभिनेता अरबाजसँग छुट्टीएपछी लामो समयदेखी अभिनेता अर्जुन कपुरको प्रेममा छिन् ।
उनीहरुको विवाहलाई लिएर पनि उनीहरु चर्चामा आइरहेका हुन्छन् । यता अरबाज पनि एक युवतीको प्रेममा रहेको भारतिय मिडियाका जनाइएको छ ।
उनी जर्जियाना एन्ड्रियानीसँगको सम्बन्धका कारण चर्चामा आइरहेका छन् । उनीहरु बेलाबेलामा डेट गरिरहेको देखिने गरेको छ ।
एक अन्तर्वार्तामा अरबाजले भनेका छन्, मलाई लाग्दैन कि हामी डेट गरिरहेका छौं त्यसकारण विवाह गर्नुपर्छ। सलमानको अब रिलिज हुने फिल्म दबंग ३ मा अरबाज पनि देखिएका छन् ।