
एजेन्सी – बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको जोडीलाई निकै प्रिय जोडी मानिन्छ ।
लामो प्रेम सम्बन्धपछी बिबाह बन्धनमा बाधिएका यी दुई सामाजिक सञ्जालमा बिभिन्न कारणले चर्चामा आइरहने गर्छन् । यसैक्रममा हालै यी दुईले सामाजिक सञ्जाल इन्स्ट्राग्राममा एक तस्बिर शेयर गरे ।
उनीहरुले जर्मन सेफर्डसँग खिचिएको उक्त तस्बिर निकै भाइरल पनि भयो । तर त्यो कुकुरको नाम भने गिनो जोन्स थियो । उक्त तस्बिरका कारण निकका भाइले भने ‘गिनो परिवारलाई विभाजन गर्ने कारण बन्दैआएको छ ।’ धेरैजसो निक पनि उक्त कुकुरसंग फोटो खिचेर तस्बिर शेयर गर्ने गर्छन् ।
उनको उक्त कुकुर गिनोको ३ लाख भन्दा बढी फलोअर्स भएको इन्स्टाग्राम पनि छ । पछिल्लो समय नायिका प्रियंका चोपडा र निक जोनसवीच झगडा पनि हुने गर्छ । नायिका प्रियंका उक्त कुकुरकै कारण निकसंग रिसाउने गर्छिन् ।
यो कुरा गायक निकले नै खोलेका छन् ।