नेपालको स्वर्ण ४८ पुग्यो

काठमाण्डु टुडे २०७६ मंसिर २३ गते १७:३४ मा प्रकाशित

काठमाण्डु,२३मंसिर–१३औं दक्षिण एसियाली खेलकुद ९साग०मा नेपालले अहिलेसम्म ४८ ओटा स्वर्णपदक जितेको छ ।
नेपालले सोमबार बक्सिङमा दुईओटा र जुडोमा एकओटा स्वर्णपदक जितेको छ ।
बक्सिङको महिला ५४ केजी समूहमा मीनु गुरुङ र भूपेन्द्र थापामगरले ६४ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका हुन् ।
त्यस्तै, जुडोबाट पुनम श्रेष्ठले स्वर्ण दिलाइन् । ७८ केजीमुनि तौल समूहमा उनले बंगलादेशी खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् ।
४८ स्वर्ण जित्दै नेपाल दोस्रो स्थानमा यथावत् छ ।
शीर्ष स्थानको भारतको १३८ स्वर्णपदक रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us